Incident Reports

तुलसीपुरमा मेलाको विरोधमा उद्योग वाणिज्य संघले गर्‍यो बजार बन्द

2022-11-30

तुलसीपुरमा एक क्लबले मेला लगाउने तयारी गरेपछि त्यसको विरोधमा उद्योग वाणिज्‍य संघले बजार बन्द गराएको छ।

युथ्स् अफ तुलसीपुरले बिहीबारदेखि तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवा नजिकै मेला लगाउने तयारी गरेपछि त्यसविरूद्ध व्यापारीहरूले बजार बन्द गराएको हो।

वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यापारीहरूलाई मर्का पर्ने हुँदा मेला लग्न नदिने भन्दै विरोध जनाएका छन्।

‘आज बजार मात्रै बन्द गराएका छौं,’ उनले भने, ‘मेलाका लागि ल्याइएका सामग्री सबै फिर्ता नभए भोलिदेखि अनिश्चितकालीन रूपमा यातायातदेखि सबै ठप्प पार्छौं।’

मेला लगाउने नै भएपनि माघ १५ पछाडि मात्रै लगाउनुपर्ने उनको भनाइ छ।

चिसो याम सुरू भएसँगै न्यायो कपडाहरू बिक्री हुने समय भएकाले अहिले मेला लगाउँदा व्‍यापारीहरू मर्कामा पर्ने उनी बताउँछन्।

क्लबलाई मेला महोत्सव लगाउने अधिकार नभएको पनि उनले जिकिर गरे।

‘क्लबको अवधारणा के हो ? क्षेत्राधिकार के हो ? त्यही अनुरूप समाजिक गतिविधि गर्नुपर्ने होइन ?,’ उनले भने, ‘त्यस विपरित ठेक्कामा पटक-पटक मेला महोत्सव लगाई बाहिर पैसा पठाउने र स्थानीय व्यवसायीलाई धारासायी बनाउने कार्य कुनै हालतमा स्वीकार्य हुने छैन।’

क्लबका अध्यक्ष अरूण लहरेले लुम्बिनी प्रदेशस्तरीय कृषि तथा व्यापारिक महोत्सवको सबै तयारी पूरा भइसकेको हुँदा कुनैपनि हालतमा नरोकिने बताए।

‘मेलाको सबै तयारी पुरा भइसकेको छ। लाखौं खर्च भइसकेको छ,’ उनले भने, ‘यसमा उद्योग वाणिज्य संघले सिन्डिकेट लाद्न खोज्नु खेदजनक हो।’

क्लबका सचिव आकाश भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै साउन १ गते मेला लगाउन तुलसीपुर उपमहानगरपालिकाबाट अनुमति लिइसकेको बताए। महोत्सवका लागि मनोरञ्जन कर एक लाख समेत बुझाइसकेको उनले जानकारी दिए।

यस विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालय दाङले भने मेलालाई रोक्न पत्राचार गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले आफूलाई मंसिर ९ गते नै विवाद बढेका कारण जिल्ला प्रशासनबाट मेला महोत्सव रोक्न पत्राचार भइसकेको बताए।

‘मेला लगाउन खोज्ने र लगाउन पाइन्न भन्ने दुबै पक्ष आपसमा बसेर यो विवाद टुंगो लगाएको भए राम्रो हुने थियो,’ उनले भने, ‘उहाँहरू छलफलमा नबस्ने र सबै विवाद प्रहरीको टाउकोमा थुपार्ने प्रयास उचित हैन।’

दुई पक्षबीचको विवादलाई मिलाउन उपमहानगरका मेयर टीकाराम खड्काले प्रयास गरेपनि सफल हुन सकेको छैन।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CSO/NGO
Actor 2 - Youth youth
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis