Incident Reports

बारामा अप्राकृतिक मैथनु गर्न खोजेपछि दाउराले हानेर हत्या, एकजना पक्राउ

2022-12-01

Madhes, Bara, Kolhabi, Ward 11

बारामा एक व्यक्तिलाई हत्या गरेर खाल्डोमा गाडेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कोल्हवी नगरपालिका–११ को रामपुर्वा टोलका ४३ वर्षीय परीक्षण चौधरी मृत अवस्थामा बुधबार बिहान ९ बजे भेटिएका थिए ।

स्थानीय गाँउघरका मानिसहरुले शव गाडिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेपछि शव खाडलबाट उत्खनन् गरी झिकिएको थियो । स्थानीयले इनार बनाउनका लागि खनिएको खाडलमा चौधरीको शवलाई हत्या पश्चात पुरिएको थियो ।

घटना भएको छेउमा फेला परेको चप्पलको आधारमा अनुसन्धान गर्दा हत्या आरोपमा एक जना ना–बालकलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटी जानकारी दिए ।

पक्राउ परेका बालक र मृतक परीक्षण चौधरी घटनाको अघिल्लो दिन राति गाउँमा मेला हेर्न गएको र सँगै मदिरा सेवन गरेका थिए । घर जाने क्रममा परीक्षण चौधरीले आफूमाथि अप्राकृतिक मैथनु गर्न खोजेकाले दाउराले हानेर हत्या गरेको ती बालकले प्रहरी समक्ष कबुल गरेको बाराका प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटीले जानकारी गराए ।

हत्या गरेपछि खाल्डो खनेर गाडिएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकलाई जिल्ला अदालत बाराबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । हत्या गर्ने ना–बालक भएकाले पहिचान खुलाउन नमिल्ने बाराका प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटी जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports