Incident Reports

महोत्सवको विरोधमा तुलसीपुर उपमहानगरमा तालाबन्दी, थुनिए कर्मचारी

2022-12-01

Lumbini, Dang, Tulsipur

तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सवको विरोधमा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। बिहीबार तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा संघका पदाधिकारीले बिहान ११ बजेतिर तालाबन्दी गरेका हुन्। तालाबन्दी गरेपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी भित्रै थुनिएका छन्। ताला लगाउनुअघि बन्दकर्ताले बाहिर आउन गरेकाे आग्रह नमानेपछि कर्मचारीलाई भित्रै राखेर संघले तालाबन्दी गरेको हो। ‘युथ्स अफ तुलसीपुर’को आयोजनामा आजदेखि २६ गतेसम्म महोत्सव हुँदै छ। त्यसको विरोधमा संघले बुधबारेखि तुलसीपुर बजार बन्द गराएको हो। ‘यो महोत्सव लगाउने उपयुक्त समय होइन,’ संघका अध्यक्ष रामप्रसाद चालिसेले भने, ‘त्यसैले हामीले महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेका हौँ। बजार पनि हिजो र आज ठप्पप्रायः छन्।’

मेला बन्द नहुँदासम्मका यी कदम जारी रहने चालिसेले बताए। महोत्सवस्थलका सबै सामग्री नउठाउँदासम्म आन्दोलनमै रहने उनको भनाइ छ। उपमहानगरपालिकाले कार्याविधि बनाएर मात्रै महोत्सव लगाउनुपर्ने संघको माग छ। केका लागि महोत्सव लगाउने ? कसरी लगाउने ? कसले लगाउने ? भन्ने विधि नबन्दा व्यवसायी मारमा पर्ने गरेको अध्यक्ष चालिसेको भनाइ छ। उद्योग वाणिज्य संघले पनि महोत्सव लगाउन नपाउने विधि बने आफूहरूले पनि महोत्सव नलगाउने चालिसेको तर्क छ। ‘दुई वर्षदेखि व्यापार थिलथिलो परेको छ, सटरको भाडा तिर्न व्यवसायीलाई हम्मेहम्मे छ,’ उनले भने।

महोत्सव आयोजक संस्था ‘युथ्स अफ तुलसीपुर’का अध्यक्ष अरुण लहरेले भने महोत्सव कुनै पनि हालतमा नरोकिने बताए। ‘हामीले अनुमति लिएरै महोत्सव लगाउन लागेका हौँ,’ उनले भने, ‘अनुमति लिइसकेपछि हामीले महोत्सव रोक्ने कुरा छैन।’ अहिलेसम्म महोत्सव सञ्चालनका लागि ८९ लाख रुपैयाँ खर्च भइसकेकोसमेत उनले बताए।

तुलसीपुर उपमहानगरपालिकाले साउन १ गते नै अनुमतिका लागि सिफारिसपछि जिल्ला प्रशासन कार्यालय दाङले अनुमति दिएको भन्दै त्यहीअनुसार महोत्सव लगाउन लागिएको लहरेको भनाइ छ। अनुमति पाएपछि कात्तिक १४ गते उपमहानगरपालिकालाई एक लाख रुपैयाँ राजस्वसमेत बुझाइसकेको छ। तर, व्यवसायीको विरोध आएपछि उपमहानगरपालिकाले कात्तिक २९ गते आफ्नो सिफारिसलाई लत्याउँदै महोत्सव रोक्नका लागि जिल्ला प्रशासन कार्यालयलाई चिठी पठायो। सो पत्रपछि प्रमुख जिल्ला अधिकारी हिरालाल अधिकारीले मेला महोत्सवको तयारी कार्य तत्काल बन्द गराउन भन्दै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए।

त्यसबीचमा महोत्सव सञ्चालनका विषयमा तुलसीपुर उपमहानगरपालिकामा छलफल पनि भएको थियो। तर, छलफल निष्कर्षविहीन बन्यो। महोत्सव कसरी लगाउने भन्ने विषयमा थप छलफलका लागि १३ गते पुनः बैठक आयोजना गरिए पनि संघका पदाधिकारी सहभागी नभएपछि बैठकले सार्थकता पाएन।

सधैँ महोत्सव विवादित

तुलसीपुरमा महोत्सव लगाउन खोज्दा सधैँ विवाद हुने गरेको छ। यसअघि राप्ती बहिरा संघले छात्रवास निर्माणका लागि भन्दै महोत्सव लगाउने तयारी गरेको थियो। ०७४ सालमा संघले महोत्सव लगाउन खोज्दा उद्योग वाणिज्य संघले रोक्यो। लागेको खर्च दिने र छात्रवास निर्माण गरिदिने सर्तपछि तयारी भइसकेको महोत्सव रोकिएको थियो। तर, बहिरा संघले सर्तअनुसार केही पनि पाएन।

त्यसपछि ०७८ सालमा तुलसीपुर च्याम्बर अफ कमर्सले महोत्सव लगाउँदा पनि विरोध उत्पन्न भएको थियो। अन्ततः त्यो महोत्सव सफल भयो। यस वर्ष पनि युथ्स अफ तुलसीपुर क्लबले आधुनिक पुस्तकालय निर्माणका लागि कृषि तथा व्यापारिक महोत्सव आयोजना गर्दा विवाद उत्पन्न भएको हो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis