Incident Reports

दोलखामा पुनः मतदानमा पनि झडप, कांग्रेस-एमालेले लखटे एक अर्काका उम्मेदवार

2022-12-01

Bagmati, Dolakha, Baiteshwor, Ward 2

काठमाडौँ– दोलखाका १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान हुँदासमेत झडप भएको छ। यसअघि मंसिर ४ गते भएको चुनावमा धाँधली गरेको भन्दै निर्वाचन आयोगले बिहीबार (आज) पुनःमतदान गरेको थियो। पुनः मतदानको क्रममा पनि कांग्रेस र एमालेका कार्यकर्ताले एक अर्काका उम्मेदवारलाई अवरोध गरेका छन्। स्थानीयका अनुसार वैतेश्वर २ मा गठबन्धनका प्रदेशसभाका उम्मेदवार कुन्दनराज काफ्लेलाई एमालेका कार्यकर्ताले अवरोध गरेका हुन्। एमाले कार्यकर्ताले काफ्ले चढेको बा २ च १८२९ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ। त्यस्तै तामाकोशी गाउँपालिकको जफेमा कांग्रेसका कार्यकर्ताले एमालेका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण सिवाकोटीमाथि ढुंगामुढा गरेका छन्। असहज अवस्थाकाबीच मतदान भइरहेको स्थानीय बताएका छन्। चुनावमा सधैँ धाँधली हुने भनेर दोलखाका केही मतदानस्थल बदनाम छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
Election-related cause primary
National/Online Media

0 Comments