Incident Reports

गुल्मीको मदानेमा खुकुरी प्रहारबाट किशोर घाइते

2022-12-31

Lumbini, Gulmi, Madane, Ward 6

गुल्मी — गुल्मीको मदाने गाउँपालिकामा खुकुरी प्रहारबाट एक किशोर घाइते भएका छन् । मदाने गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय रमेश परियारको खुकुरी प्रहारबाट सोही वडाका १५ वर्षीय सन्तोष कुँवरमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका इन्स्पेक्टर कुशलसिंह ठकुरी जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएका कुँवरको दाहिने हातको कुममा गम्भीर चोट लागेको छ । विद्यालयका साथीहरुसँग पुसे पन्ध्रको वनभोज खान गएका कुँवर र साथीहरु मिलेर वनभोज गएका परियारबीच पुर्कोट दहको कङकेदेउरालीमा भेट भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पुर्कोटदहमा राखेको छ भने घाइते कुँवरको अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने परियार नेपाली कांग्रेस मदाने वडा नं. ६ का सचिव भएको खुलेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports