Incident Reports

छुरा प्रहार गरी भागेका ५ जना पक्राउ

2023-01-05

Bagmati, Kathmandu, Kathmandu, Ward 32

काठमाडौंमा दुईजना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार काठमाडौ– ३२ महादेवस्थान बागमती करिडोर सडकखण्डमा दुई युवकलाई धारिलो हतियार प्रहार गरी भागेका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार जानकारी दिएको छ । तत्काल प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगी घाइते दुई युवकलाई तत्काल कान्तिपुर अस्पताल सुविधा नगरमा उपचारका लागि पठाइएको परिसरले जनाएको छ । घटनाको सम्बन्धमा वारदातपश्चात फरार रहेका पाँचजना व्यक्तिहरुको खोजतलास गर्ने क्रममा एक जनालाई काठमाडौँबाट र चार जनालाई रौतहटबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहट समेतको समन्वयमा रौतहट बौधिमाई-१ स्थित एउटा घरमा लुकी छिपी बसेको अवस्थामा चार जनालाई फेला पारी नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डी-७ बेलटारका १८ वर्षीय निश्चल राई, सिन्धुली फिकल-३ का १८ वर्षीय अनिष मगर, कैलालीका १८ वर्षीय मनोज कुँवर, रौतहट बौधीमाई-१ का १८ वर्षीय धिरेन्द्र यादव र ओखलढुंगाका १८ वर्षीय अनिष खत्री रहेका परिसरले जनाएको छ । उनीहरूको साथबाट युएस लेखिएको १०.५ ईन्च लम्बाई भएको फलामको चक्कु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports