Incident Reports

मानव बेचबिखनको आरोपमा तीन जना गिरफ्तार

2023-01-09

२५ वर्षीय महिलालाई बेचबिखनको आरोप लागेका महोत्तरी जिल्ला गौशाला नपा–१ भरतपुर टोलका ३७ वर्षीय रमेश श्रेष्ठ, वीरगंज मनपा–८ गहवा बस्ने ५४ वर्षीय अनिल कुमार अरोरा र लमजुङ जिल्ला राइनास नपा–४ सातबिसे बजारका ३२ वर्षीय डोलनाथ कट्टेललाई पर्सा प्रहरीले ०७९ पुष २५ गते वीरगंजको होटेल रानीपोखरीबाट गिरफ्तार गरेको छ । पीडितले होटेलका म्यानेजर अरोरा र कुकको काम गर्ने श्रेष्ठले पैसा दिने प्रलोभन देखाई कट्टेलका निम्ति खरिद गरेको भनी उनीहरूको बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पुष २४ गतेउजुरी दिएकी थिइन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिवादी बिरुद्ध मानव बेचबिखनमा मुद्दा दर्ता गरि अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयले पुष २५ गते जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिइ अवश्यक अनुसन्धान गरिहरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए ।

0 Comments