Incident Reports

सामान चेकजाँच गर्ने क्रममा विवादः कुटपिटबाट दुई प्रहरी घाइते – देशसञ्चार

2023-01-13

Madhes, Bara, Bishrampur, Ward 1

वीरगञ्ज – बाराको विश्रामपुर गाउँपालिकास्थित नेपाल भारत सीमामा भारतबाट ल्याउँदै गरेको सामान चेकजाँच गरेको विषयमा भएको विवादमा कुटपिट हुँदा असईसहित दुई जना प्रहरी घाइते भएका छन्।

नाकामा सामान चेकजाँच गर्ने क्रममा भएको विवादमा कुटपिट हुँदा असई विकरु मण्डल र प्रहरी हवल्दार उमेश पण्डित घाइते भएका हुन्।

साइकलमा राखि ल्याउँदै गरेको सामानको बोरा चेकजाँच गर्दा विश्रामपुर गाउँपालिका–१ कल्याणपुर बस्ने मनोहर पटेल र धर्मेन्द्र पटेललगायतले थप स्थानीयलाई जम्मा गरी दुबै प्रहरीलाई कुटपिट गरेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।

कुटपिटबाट दुबै जनाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेकोमा उपचारपछि कार्यालयमा फर्किएको उनले बताए। कुटपिटमा संलग्न रहेको आरोपमा पटेलद्वयलाई पक्राउ गरी आवशयक अनुसन्धान भइरहेको थापाले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Reports