Incident Reports

एमाले कार्यकर्ताको कुटपिटवाट कांग्रेसका कार्यकर्ता घाइते

2023-01-14

Karnali, Dolpa, Tripurasundari, Ward 8

त्रिपुरासुन्दरी नगरपालिका–८ दागिन का नेपाली कांग्रेसका ३७ वर्षीय लोकन्द्र शाही ०७९ पुस ३० गते नेकपा एमालेका कार्यकता त्रिपुरासुन्दरी नगरपालिका–७ छलघर भएका ३५ वर्षीय किशु रोकाया ३७ वर्षीय हिरा रोकाया ४० वर्षीय जयलाल रोकाया र २७ वर्षीय विष केसी र ३९ वर्षीय विरसिं बुढाको कुटपिटवाट घाईटे हुनु भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–७ मा रहेको कस्तुरी आधारभुत विद्यालयमा माघिपर्वको अवसरमा आयोजना भएको भलिवल प्रतियोगितामा भलिवल खेल्ने क्रममा दुई पक्षवीच विवाद भएको प्रहरीले जनाएको छ ।

नेकपा एमालेका कार्यकर्ताले आफुलाई चिरपट दाउराले कुटपिट गरेको पीडितले ०७९ पुस ३० गते प्रहरी चौकी पहाडामा दिएकोे जाहेरीमा उल्लेख छ ।घाइते शाहीको टाउँकोमा चिरपट दाउराले काटेर गहिरो चोट लागेको छ ।
घाइते शाहीको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएपछि नेपालगन्ज रिफर गरिएको डा. अखण्ड उपाध्यायले बताउनु भयो । हवाई जहाजवाट शाहीलाई नेपालगन्ज लगिएको छ ।

आफुहरु भलिवल खेलिरहेको अवस्थामा एक्कासी आएर घाइते शाहीले नेट(जाली)थुतेपछि किन यस्तो गरेको भनि भन्दा उल्टै ढुँगा प्रहार गर्न थालेपछि हातहाला हालको अवस्थामा लडेर ढुँगामा पछारिदा चोट लागेको कुटपिटमा संलग्न भनिएका नेकपा एमालेका हिरा रोकायाल बताउनु ।

कुटपिटका आरोपीलाई प्रहरीले माघ २ गते गिरफ्तार गरेर जिल्ला पठाएको छ । प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज सई रुद्रबहादुर शाहीले बताउनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports