Incident Reports

प्रहरीले कुटपिट गरेको आरोप

2023-01-15

Province 1, Sankhuwasabha, Khandbari, Ward 1

खाँदवारी नगरपालिका–८ स्थायी घर भई खाँदवारी नगरपालिका–१ वडा कार्यालयमा वडा सचिव पदमा कार्यरत ३८ वर्षीय राजकुमार राईले प्रहरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ । माघ १ गते साँझ खाँदवारी नगरपालिका–१ स्थित आफ्नै घरमा परिवारसँग बसिरहेको अवस्थामा घुमुवा प्रहरीले गाली गलौच गरी गालामा दुई थप्पड हिर्काएको कर्मचारीको आरोप छ । नेपाल निजामति कर्मचारी सङ्गठन, नेपाल निजामति कर्मचारी यूनियन र नेपाल राष्ट्रिय कर्मचारी निजामति सङ्गठनले माघ ३ गते संयुक्त विज्ञप्ती निकालेर घटनाको निन्दा गरेका छन् । कर्मचारी सङ्गठनले घटनामा छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

कर्मचारी सङ्गठनले निकालेको विज्ञप्तिमा घटना घरमा भएको भनिए पनि प्रहरीले घटना घरमा नभएर खाँदवारी नगरपालिका–१ र ३ जोड्ने खोरण्डे मेलामा भएको जानकारी दिएको छ । मकर संक्रान्तिका दिन साँझ ५ बजेको समयमा मादक पदार्थ सेवन गरेर बसेका वडा सचिव राजकुमार राईलाई सम्झाइबुझाइ घर पठाउन आग्रह गरिएको र साँझ ६ बजे पुन घर जानका लागि आग्रह गर्दा कर्मचारीले सुरक्षाकर्मीलाई तथानाम गाली गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले प्रहरीले मापसे गरेका बसेका राईलाई घर जान आग्रह गर्दा घम्साघम्सी भएको बताउनु भएको छ । हातपात गर्ने प्रहरीको पहिचान गर्न कर्मचारीलाई आग्रह गरे पनि कर्मचारीले प्रहरीको पहिचान नगरेकोले कारबाही अघि बढाउन नसकिएको डिएसपी गोदारको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports