Incident Reports

मेयरका स्वकीय सचिवमाथि कार्यकक्षमै कुटपिट

2023-01-21

Gandaki, Gorkha, Palungtar, Ward 2

पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनका स्वकिय सचिव अशोक मरहट्टाले माघ ७ गते आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताउनुभएको छ । पालुङटार नगरपालिका–२ का दुर्गालाल श्रेष्ठले चुनावको वेलाको खर्चको विषयलाई लिएर कुटपिट गरेको मरहट्टाले बताउनुभयो । कुटपिट गर्ने श्रेष्ठ माओवादीका पालुङटार–२ नम्वर वडाका वडा इन्चार्ज भएको र आफु पनि माअ‍ेवादी निकटकै भएको पीडीतले बताउनुभयो ।

देव्रे गाला र गर्दनमा चोट लागेका मरहट्टाको आपपिपल अस्पतालमा उपचार पछि माघ ७ गते नै घर फर्किनुभएको छ । माघ ७ गते नै इलाका प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै निवेदन दिएको पनि मरहट्टाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले कुटपिट घटनावारे अनुसन्धान भइरहेको बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 1
INSEC

0 Comments

Related Reports