Incident Reports

बलात्कार प्रयास आरोपितविरुद्ध उजुरी

2014-09-27

Chhetu Sherpa सङ्खुवासभा । ०७१ असोज १३ गते नुनढाकी गाबिस- १ स्थायी घर भई हाल धरान नपा- २२ बस्ने २२ वर्षीय कुगल लिम्बूले बलात्कार प्रयास गरेको भन्दै २५ वर्षीया एक महिलाले असोज ११ गते अस्थायी प्रहरी चौकी सिद्धपोखरी उजुरी दिएकी छन् । आरोपितलाई प्रहरीले असोज १२ गते गिरफ्तार गरी कारबाही सुरु गरेको जनायो । घटना असोज ९ गते भएको थियो । घरमा कोही नभएको अवस्थामा आरोपितले शरीरका संवेदनशील अंगमा छुने काम गरेको भन्दै कारबाहीको माग गरी निवेदन दिएकी हुन् । उनका २६ वर्षीय पतिले पत्नीमाथि बलात्कार प्रयास गर्नेमाथि कारबाही गर्न माग गरेका छन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis