Incident Reports

'बाबुसँग लेनदेन नमिलेपछि छोराको अपहरण'

2023-01-19

Province 1, Jhapa, Birtamod, Ward 2

झापामा १० दिनअघि अपहरणमा परेका एक किशोरको प्रहरीले उद्धार गरेको छ । बिर्तामोड ३ भगवान चोक निवासी २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । राजीव गत माघ ५ गते बिहान इलामको श्रीअन्तु घुम्न भनी घरबाट निस्किएका थिए । प्रदेश १–०१–०१५ प ८०९७ मोटरसाइकल चढेर गएका उनी साँझसम्म नफर्किएपछि परिवारले प्रहरीलाई हुलियासहित उजुरी दिएको थियो ।

डीएसपी कुँवरका अनुसार बुद्धशान्ति घर भई हाल भारतको मणिपुरमा बसेर व्यापार गर्ने राजु भनिने राजकुमार भण्डारी नामको व्यक्तिको संलग्नतामा राजीवको अपहरण भएको खुलासा भएको छ। राजीवका बाबु कमल बस्नेत र भण्डारी पहिले व्यापार साझेदार थिए । तर, पछिल्लो समय आर्थिन लेनदेनमा विवाद भएपछि यी दुईबीच मनमुटाव सुरु भएको थियो । उनीहरु सुन व्यापारमा संलग्न रहेको प्रहरीले जनाएको छ । ‘पीडितका बाबु र भण्डारी पुराना कारोवारी रहेछन् । व्यापारको कुरामा लेनदेनको समस्या रहेछ, त्यही निहुँमा राजीवलाई अपहरण गरिएको खुलेको छ,’ डीएसपी कुँवरले भने, ‘बस्नेतले भण्डारीलाई रकम तिर्न बाँकी रहेको र त्यही कारण भाडाका मान्छे परिचालन गरेर छोरालाई उठाइएको पाइयो ।’ १० दिनसम्म अज्ञातस्थलमा राखिएका उनलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ । अपहरणकारीले छोरालाई छुटाउन फिरौती रकम मागे पनि परिवारले भने नदिएको प्रहरीले दाबी गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports