Incident Reports

रौतहटमा छोराले गरे बुबाको हत्या

2023-02-02

Madhes, Rautahat, Chandrapur

रौतहट — घरायसी विवादमा रौतहटको चन्द्रपुर नगरपालिका –६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन् ।

राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

बाबु र छोरा प्रकाशबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए । बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो ।

घटना लगत्तै इलाका प्रहरीका डिएसपी सन्तुप्रसाद जैसवार राईको घर पुगेर छोरा प्रकाशलाई नियन्त्रणमा लिएका थिए । ‘घटनाको थप अनुसन्धान भइरहेको छ,’ उनले भने,‘छोरा प्रकाशले मादक पदार्थ सेवन गरेको पाइएको छ । के कारणले बुबा माथि आक्रमण गरेको भन्ने तथ्या खुल्न बाँकी छ ।’ मृतक राईको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Total Raped 00
National/Online Media

0 Comments

Related Reports