Incident Reports

आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ

2023-02-13

Gandaki, Tanahun, Bandipur, Ward 13

आमाको हत्या अभियोगमा तनहुँमा छोराबुहारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीया सुशीला मजाकोटी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ८४ वर्षीय माया सार्कीको हत्या गरेको अभियोगमा छोराबुहारीलाई सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। सोमबार बिहान ५ बजे माया मृतावस्थामा फेला परेकी थिइन्। घर नजिकैको गोठमा आगो लगाई गोठ पूर्ण रूपमा जली गाईसमेत मृतावस्थामा रहेको भनी इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँ हुँदै जिल्ला प्रहरी कार्यालयमा खबर आएको थियो। 'घटनास्थल तथा शवजाँच मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा मायालाई निजकै छोराबुहारीले कर्तव्य गरी मारेको खुल्न आएकाले पक्राउ गरी अनुसन्धान थालिएको छ,' खाँणले भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments