Incident Reports

प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

2023-02-13

Province 1, Khotang, Diprung, Ward 2

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका १५ वर्षीय बालक अशोक दाहाललाई प्रहरीले फागुन १ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।  पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकी याम्खा नजिक रहेको मैदानमा खेलि रहेको अवस्थामा प्रहरी चौकी याम्खामा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार पर्शुराम वाँस्तोला र प्रहरी जवान २४ वर्षीय सागर राईले कुटपिट गरेको पीडित बालिकाकी २७ वर्षीया आमा मुना दाहालको आरोप छ । छोरा खेलि रहेको अवस्थामा प्रहरीले विना कारण प्रहरी चौकी नजिक रहेको शिव मन्दिरमा लगेर कुटपिट गरेको पीडित बालिकाकी आमा मुना दाहालले इन्सेक प्रतिनिधिसँग बताउनु भयो । प्रहरी जवान सागर राईले मादक पदार्थ सेवन गरेको र नशाको सुरमा छोरालाई कुटपिट गरेको पीडितको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोमनराज अर्यालले पीडित भनिएका बालक र चौकीमा कार्यरत सबै जना एकाघरका परिवार जस्तो गरी बसेको र ख्यालठट्टामा बालकलाई प्रहरी जवान सागर राईले धकेलेको मात्र बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले पीडितले आरोप लगाए जस्तो नभएको र कसैले मदिरा सेवन नगरेको बताउनु भयो । प्रहरीले जिस्क्याएको निहुँमा बालक घर फर्किएर खुकुरी लिएर प्रहरीमाथि आइलाग्न खोजेपछि नियन्त्रणका क्रममा घम्साघम्सी भएको डिएसपी मुकारुङको भनाइ छ । घम्साघम्सीका क्रममा बालकको शरीरको भित्री भागमा चोट लागेकाे हुन सक्ने भएकाले भिडियो एक्सरे गर्नु परेकाे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१स्थित सामुदायिक फेमिली अस्पतालमा भिडियो एक्सरे गर्ने चिकित्सक नभएकाले बालकलाई फागुन २ गते उपचारका लागि काठमाण्डौँ लगिएको छ । प्रहरीविरूद्ध उजुरी नदिएको बालिकाकी आमा मुना दाहालको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports