Incident Reports

विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

2023-05-17

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 6

चौतारा सागाचोकगढी नगरपालिका-५ स्थित श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयको १० कक्षामा पढ्दै गरेका तीन जना छात्रालाई विद्यालयबाट आफूखुशी बाहिर गएको भन्दै कुटपिट गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठलाई प्रहरीले ०७९ फागुन ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूले सोही दिन कक्षा सञ्चालन भइरहेको अवस्थामा विद्यालयको नियम विपरित विद्यालयको घेराबार तोडेर बाहिर निस्केको आरोपमा आरोपित श्रेष्ठले काठको लाठ्ठीले कुटपिट गरेको सोही विद्यालयका शिक्षक बिदुर आचार्यले बताउनु भयो ।

प्रधानाध्यापकको कुटपिट र यातना पाउनेहरूमा चौतारा सागाचोकगढी नगरपालिका-३ का १६ वर्षीया सोनिया लामा, सोही ठाउँको १७ वर्षीया मनिका लोम्चन र १८ वर्षीया सुजाता कटुवाल रहेका छन् । पीडित बालिकाहरूमध्ये १८ वर्षीया सुजाता कटुवाललाई चौतारा अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई जना सामान्य घाइते भएका छन् ।कुटपिटबाट घाइते भएका तीनै जनाको फागुन ५ गते चौतारा अस्पतालमा घाउ जाँच भएको थियो । पीडित बालिकाहरूको तिख्रा र पिड्यौलामा चोट लागेको बालिकाका अभिभावक मन्दे तामाङले बताउनु भयो । घटनाको विरोधमा विद्यार्थीले चौतारा बजारमा फागुन ५ गते दिउँसो विरोध प्रर्दशन गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामकुमार यादवले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 3
Youth Injured 3
INSEC

0 Comments