Incident Reports

स्ववियु निर्वाचनको मुखमा त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला

2023-02-22

 त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखमा एमाले निकट अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेको छ । विद्यार्थीको भर्नाको विषयलाई लिएर अनेरास्ववियुले क्याम्पस तालाबन्दी गरेको हो । त्रिचन्द्र क्याम्पसमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्ववियु जित्दै आएको हुँदा निहु खोज्न मात्र तालाबन्दी गरेको एक विद्यार्थी नेताले बताए ।

अनेरास्ववियुले निर्वाचन भाँड्ने षड्यन्त्र अनुसार तालाबन्दी गरेको नेविसंघको आरोप छ । निर्वाचन प्रक्रिया अनुसार १२ फागुनमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १५ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने तथा १८ फागुनमा मतदान हुनेछ ।

निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा स्ववियु निर्वाचन विसं २०१८र१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुँदै आएको थियो ।

त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments