Incident Reports

बालिका अपहरण घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2022-12-08

Madhes, Saptari, Rajbiraj, Ward 7

१४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा विष्णपुर गाउँपालिका–६ रञ्जितपुर टोलका २२ वर्षीय मनोजकुमार राम, उनका दाजु २५ वर्षीय रुपेशकुमार राम, उनीहरूका बुबा ५५ वर्षीय जितु राम र जितुका भतिजा २५ वर्षीय रञ्जयकुमार रामविरुद्ध फागुन १४ गते प्रहरीले उजुरी दर्ता गरेको छ । उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेश पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरेको हो । आरोपितहरू हालसम्म फरार रहेकोले जिल्ला अदालतबाट फागुन १४ गते पक्राउ पुर्जी समेत जारी गरिएको अदालतले जनाएको छ ।

राजविराज नगरपालिका–८ मा बसेर पढिरहेकी बालिकालाई ललाई फकाई मनोजले अन्य आरोपितहरूको सहयोगमा ०७९ मङ्सिर २२ गते साँझ अपहरण गरेको पीडितका बुबाले बताउनु भएको छ । आरोपितहरू कोही पनि गिरफ्तार भएका छैनन् । आरोपित मनोज र पीडित भनिएकी बालिका सम्पर्कमा नरहेको मनोजका ठूलो बुबा शिबु हरिजनले बताउनु भयो । हरिजनका अनुसार मनोज र बालिका ०७९ कात्तिक २३ गते पनि सहमतिमा घरबाट भागेकोेमा फेला पारी कात्तिक २७ गते विष्णुपुर गाउँपालिका–६ का वडाअध्यक्ष परमानन्द यादवको रोहवरमा अभिभावकको जिम्मा लगाइएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments