Incident Reports

'कोशी प्रदेश' नामकरणको विरोधमा खोटाङमा प्रदर्शन

2023-03-01

प्रदेश १ को नाम 'कोशी प्रदेश' नामकरण गर्न लागिएको भन्दै त्यसको विरोधमा खोटाङमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले मुख्यमन्त्री हिकमत कार्की लगायतको पुतला जलाएका छन् । बुधबार साँझ जिल्ला प्रशासन अगाडि मुख्यमन्त्री कार्की, कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोको पुतला जलाइएको हो । नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा खोटाङको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनको अगुवाइ गर्ने अधिकांश माओवादी केन्द्रका युवाहरु थिए । 'कोशी प्रदेश खारेज गर', 'किरात प्रदेश जिन्दावाद' लगायतका नाराबाजी गर्दै उनीहरूले प्रशासन अगाडि पुतला दहन गरेका थिए । नेतृत्वले पहिचानको मुद्दा छाडेकाले आन्दोलित हुनु परेको माओवादी युवा नेता रविन खम्बुले बताए । ‘माग पूरा नभएसम्म आन्दोलन जारी रहने छ,’ खम्बुले भने,‘यो त एउटा झिल्को मात्र हो, अरु सशक्त आन्दोलन हुने छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments