Incident Reports

छिमेकी बालक हत्या आरोपमा दम्पती पक्राउ

2023-02-23

Province 1, Morang, Sunwarshi, Ward 2

१८ फागुन, विराटनगर । मोरङको सुनबर्सी नगरपालिका– १ मा बालकको हत्या आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका– १ का डिल्लीबहादुर माझीको १४ वर्षीय छोरा विशाल माझीको हत्या आरोपमा प्रहरीले छिमेकी ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी श्रीमती ३४ वर्षीया डल्ली पासवानलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार फागुन ११ गते बेलुकादेखि बालक बेपत्ता थिए । घरबाट खेल्न हिँडेका विशाल घर नफर्किएपछि खोजी गर्ने क्रममा फागुन १७ गते उनको शव घर नजिकैको पोखरीको डिलमा गाडेको अवस्थामा फेला परेको थियो ।

बालकको हत्यामा संलग्न भएको आरोपमा छिमेकी दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टीकाबहादुर कार्कीले बताए । पारिवारिक रिसइबीका कारण हत्या गरेको देखिएको डीएसपी कार्कीले बताए । बालक बेपत्ता भएपछि खोजी गरिरहेका प्रहरीले स्थानीयले पोखरीको डिलमा शंकास्पद खाल्डो देखिएको खबर गरेपछि उत्खनन गरेको थियो । घटनाको अनुसन्धान भइरहेकाले केही दिनभित्र सबै विवरण खुल्ने डीएसपी कार्कीले बताए । पक्राउ परेकाहरुमाथि ज्यान सम्बन्धी कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको उनले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments