Incident Reports

हत्या अभियोगमा डोटीमा एक जना पक्राउ

2023-03-05

Sudurpashchim, Doti, Purbichauki

डोटी– डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्कुलमा काम गरी रहेका लेबरको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो । प्रहरीका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports