Incident Reports

झारफुकको बहानामा कुटपिट गरी बालिकाको लिइयो ज्यान

2023-03-06

Lumbini, Rupandehi, Sainamaina, Ward 10

रुपन्देहीको सैनामैना नगरपालिका– १० झिमझिमेकी १४ वर्षीया सीता ज्ञवालीमा १५ फागुनदेखि कान दुख्ने समस्या देखियो । परिवारका सदस्यले अस्पताल लगी उपचार गराए । तर, कान दुख्न छाडेन ।

गाउँकै केहीले सैनामैना– १० बेमतेनीकी २२ वर्षीया सोनिया रेश्मीलाई माता आउने गरेको र उनले झारफुक गरी निको पारिदिने गरेको बताए । यो सुनेपछि परिवारका सदस्यले शनिबार सीतालाई त्यहीँ लिएर गए ।

आफूले झाँक्री विद्या जानेको बताउने सोनियाँले झारफुक गर्ने नाममा सीतालाई लछारपछार पारिन् । भुइँमा लडाएर कुटपिट गरिरहिन् । निको हुनुको साटो बालिका झन् कमजोर बनिन् । राति साढे नौ बजेतिर सीताले प्राण छाडिन् ।

यसरी परिवारका सदस्य अन्धविश्वासको सहारा पर्दा स्थानीय विद्यालयमा कक्षा नौमा अध्ययन गर्दै गरेकी सीताले ज्यान गुमाइन् ।

दुई दिनपछि सोमबार प्रहरीले बालिका हत्यामा संलग्न रहेको आरोपमा आफूलाई माता बताउने सोनियाँलाई सार्वजनिक गर्यो । प्रहरीका अनुसार घटनापछि सोही राति परिवारका सदस्यले कपिलवस्तुको लक्ष्मणघाट लगेर अन्तिम संस्कार गरेका थिए ।

तर, केही स्थानीय घटनाबारे प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान सुरु भएको थियो । त्यसक्रममा प्रहरीले घटनाको विषयमा स्थलगत अवलोकन, मुचुल्का, सीतामाथि भएको कुटपिटको भिडियो तथा शव जलाउन लैजाँदै गर्दा बाटोका सिसिटिभी क्यामेरामार्फत कैद भएका भिडियोहरू संकलन गरेको छ।

यही क्रममा इलाका प्रहरी कार्यालय सालझन्डीको टोलीले सोनियाँलार्य पक्राउ गरेको हो । पक्राउपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सात दिनको म्याद लिएर प्रहरीले रेश्मीमाथि अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले आफूलाई माता र झाँक्री विद्या जानेको बताउने सोनियाँ रेश्मीले कुटपिट गर्दै गर्दा सीताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको बताए ।

‘कुट्दा कुट्दै उनकै घरमा मृत्यु भएको रहेछ, घट्नाको अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय सालझन्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports