Incident Reports

सल्यानमा हत्या आरोपी चार जना पक्राउ

2023-03-05

Karnali, Salyan, Tribeni, Ward 7

सल्यान — सल्यानको बाग्चौर नगरपालिका ८ कोटमौला घर भई त्रिवेणी गाउँपालिका ६ लुहाम बजारमा जय विश्वकर्मा ग्रिल उद्योग संचालन गरेर बस्दै आएका २४ वर्षीय दिनेश विकको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मृतकका बाबु मेरमान कामीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले त्रिवेणी गाउँपालिका ६ लुहाम बस्ने ४० वर्षीय अमरबहादुर घर्ती, ३० वर्षीय टीकाराम केसी, ३४ वर्षीय बुद्धिराम सिरिस र कालिकोट जिल्लाको तिलागुफा नगरपालिका ७ घर भई हाल त्रिवेणी गाउँपालिका ६ लुहाम बजार बस्दै आएका ३० वर्षीय सुरेश जैसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।

आरोपित चौर जनालाई बजार आसपासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनालका अनुसार पक्राउमा परेका चार जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सल्यानबाट म्याद थप गराइ अनुसन्धान भइरहेको छ । लुहाम बजारमा ग्रिल उद्योग संचालन गरेर बस्दै आएका विक दुई दिनअघि त्रिवेणी गाउँपालिका ६ लुहाम बजार नजिकै खोलाको किनारमा मृत अवस्थामा भेटिएका थिए । विकको मृत्यु शंकास्पद देखिएको भन्दै उनका बाबु मेरमान कामीले प्रहरीमा किटानी जोहरी दिएका थिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports