Incident Reports

स्ववियु निर्वाचन : आदिकवि भानुभक्त क्याम्पसमा विद्यार्थीले लगाए ताला

2023-03-12

Gandaki, Tanahun, Byas, Ward 3

तनहुँ — तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा विवाद भएपछि विद्यार्थीहरूले क्याम्पसमा ताला लगाएका छन् ।

विद्यार्थीले आइतबार बेलुका निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन् । स्ववियु सभापति उम्मेदवार गौरव पन्थ र सुनिल मिश्रउपर दाबी विरोधमा क्याम्पसको तर्फबाट कुनै सुनुवाइ नभएको भन्दै नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले दुवै जनाविरुद्ध उजुरी दिएका थिए ।

वीआईसीटीको ९औं सेमेस्टरमा अध्यानरत विद्यार्थी स्ववियु सभापतिका उम्मेदवार गौरव पन्थ बीए प्रथम वर्षमा भर्ना भएको भनी प्रकाशित गरिएको र व्यास–१३ (पहाडमा) घर भएकालाई मधेसी भनेर वर्गीकरण गरी भर्ना गरिएकाले भर्ना रोक्का गराउने र उम्मेदवारी खारेज गराउने मागसहित दाबी विरोध गरेको उजुरीमा उल्लेख छ ।

यस्तै, स्ववियु सभापतिका उम्मेदवार सुनिल मिश्रका प्रस्तावक अरुकै समर्थक बसिसकेका कारण दाबी परेको उजुरीमा उल्लेख छ ।

यस्तै, दाबीविरोधउपर छानबिन गरी उम्मेदवारको नामावाली प्रकाशित गर्ने अन्तिम समय फागुन २८ गते (आज) ५ बजेसम्म तय भएकोमा उक्त समयावधि थप गरी फागुन २९ गते (भोलि) ११ बजेसम्म प्रकाशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 1 - Youth na
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments