Incident Reports

बालिका अपहरणको आरोपमा गिरफ्तार

2022-12-08

Madhes, Saptari, Rajbiraj

१४ वर्षीया बालिकालाई अपहरण गर्न सहयोग गरेको आरोपमा विष्णपुर गाउँपालिका–६ रञ्जितपुर टोलका २५ वर्षीय रुपेशकुमार राम फागुन ३० गते गिरफ्तार भएका छन् । राजविराज नगरपालिका मा बसेर पढिरहेकी बालिकालाई ललाई फकाई २२ वर्षीय मनोजकुमार रामले अपहरण गरेको घटनामा सहयोग गरेको आरोपमा उनका भाई रुपेशकुमार राम गिरफ्तार भएका हुन् । आरोपित मनोजले दाजु रुपेश, उनीहरूका बुबा ५५ वर्षीय जितु राम र जितुका भतिजा २५ वर्षीय रञ्जयकुमार रामको सहयोगमा ०७९ मङ्सिर २२ गते साँझ अपहरण गरेको पीडितका बुबाले बताउनु भएको छ ।

उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेश पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरेको हो । जिल्ला अदालतबाट फागुन १४ गते पक्राउ पुर्जी समेत जारी भएको छ । मनोजका ठूलो बुबा शिबु हरिजनका अनुसार मनोज र बालिका ०७९ कात्तिक २३ गते पनि सहमतिमा घरबाट भागेकोेमा फेला पारी कात्तिक २७ गते विष्णुपुर गाउँपालिका–६ का वडाअध्यक्ष परमानन्द यादवको रोहवरमा अभिभावकको जिम्मा लगाइएको थियो । आरोपित मनोज र बालिका दुबै पुनः सम्पर्कविहिन भएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments