2023-03-15
दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापिठ बेलझुण्डीमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई प्रभावित पार्नका लागि विद्यापिठ प्रशासनले विविध गतिविधि गरेको आरोप लगाउँदै नेविसंघले तालाबन्दी गरेको हो । स्ववियू निर्वाचनलाई प्रभावित पार्नका लागि विद्यापिठ प्रशासनको मिलोमतोमा अमुक संगठनलाई भित्री समर्थन गरि तोकिएको समयमा निर्वाचन गर्न नदिने नियत देखिएकाले तालाबन्दी गरिएको नेविसंघका केन्द्रीय प्रतिनिधि राजेन्द्र दाहालले जानकारी दिए । स्ववियू निर्वाचनका लागि उम्मेदवार दर्ता प्रक्रियाको काम समेत सकिएकोले यथास्थितिबाट निर्वाचनको काम थालनी गर्न नेविसंघले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ । विज्ञप्तिमा विद्यापिठ प्रशासन प्रमुखको राजीनामा समेत माग गरिएको छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Entity | Nepali Congress |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Education sector/teachers (private and public) |
Actor 2 - Youth | na |