Incident Reports

महेन्द्र र जनता क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

2023-03-14

Lumbini, Dang, Ghorahi

दाङ — महेन्द्र बहुमुखी क्याम्पस घोराही र जनता क्याम्पस बिजौरीका स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी भएको छ । स्ववियु निर्वाचनलाई केन्द्रित गरी मंगलबारदेखि घोराहीमा नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) र बिजौरीमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तालाबन्दी गरेका हुन् ।

महेन्द्र बहुमुखी त्रिभूवन विश्वविद्यालय र जनता क्याम्पस नेपाल संस्कृत विश्वविद्यालयका आंगिक क्याम्पस हुन् ।

घोराहीमा अनधिकृतरुपमा विद्यार्थीका खाली परिचयपत्र वितरण गरेका कारण तालाबन्दी गरेको अनेरास्ववियु (क्रान्तिकारी)का क्याम्पस इञ्चार्ज दिपक केसीले जानकारी दिए । बिजौरीमा भने एउटै विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा कतै तालाबन्दी भएको र कतै जबर्जस्ती निर्वाचन गराउन खोजेको भन्दै तालाबन्दी गरिएको नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको विश्वविद्यालय विद्यापीठ बेलझुण्डीमा एमाले निकट अनेरास्ववियुले सोमबार तालाबन्दी गरेपछि त्यसको विरोधस्वरुप नेविसंघले बिजौरीमा तालबन्दी गरेको हो । बेलझुण्डीमा ताला खुले पनि बिजौरीमा भने खुल्न सकेको छैन ।

गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो । वार्ता र छलफलबाट समस्या समाधान गर्ने सहमतिपछि बुधबार ताला खोलिएको अनेरास्ववियुले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments