Incident Reports

स्ववियु निर्वाचनको माग राख्दै धाैलागिरि क्याम्पसमा नेविसंघकाे धर्ना

2023-03-15

आगामी ५ चैतमा देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा धौलागिरि बहुमुखी क्याम्पसमा भने तोकिएको मितिमा निर्वाचन नहुने निश्चित भएको छ। केही विद्यार्थी संगठनका विभिन्न मागका आन्दोलनका कारण मनोनयन दर्ता हुन नसकेको क्याम्पसमा चैत ५ गने निर्वाचन नहुने देखिएपछि नेपाल विद्यार्थी संघले धर्ना थालेको छ। बुधबारदेखि नेविसंघका नेताहरू क्याम्पस प्रशासनको गेटमा धर्ना बसेका छन्। उनीहरूले क्याम्पस प्रशासनले विभिन्न कारण देखाएर निर्वाचन भाँड्न खोजेको भन्दै यथाशीघ्र निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्। 

यसअघि निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै केही विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए। मंगलबार बिहानसम्म पनि ताला नखोलिएपछि नेपाल विद्यार्थी संघले उक्त ताला फोरेर निर्वाचन अधिकृतको कार्यालय खुलाएको थियो। ताला खोलेसँगै स्ववियु निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले क्याम्पसमा भइरहेका विभिन्न घटनाले निर्वाचन गराउने वातावरण नरहेको उल्लेख गर्दै निर्वाचन अधिकृत पदबाट राजीनामा दिएका थिए। न्यौपानेकोे राजीनामासँगै निर्वाचन झनै अन्याेल बन्दै गएको छ। निर्वाचन कार्यतालिका प्रभावित भएपछि नेविसंघले स्ववियु निर्वाचनलाई प्रभावित गर्ने गरी भइरहेका घटनाक्रम र त्यही बहानालाई लिएर निर्वाचन अधिकृतले दिएको राजीनामाप्रति आपत्ति जनाएको नेपाल विद्यार्थी संघ धाैलागिरि बहुमुखी क्याम्पसका इकाइ सभापति दिनेश पन्त बताउँछन।

उनले यो विषयमा क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएर ज्ञापनपत्रसमेत बुझाइएको र यथाशीघ्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरिएको बताए। उनले नेविसंघले यही चैत १२ गतेदेखि सुरु हुने परीक्षालाई कुनै प्रभावित नपार्ने गरी तुरुन्त निर्वाचनको प्रक्रिया अगाडि बढाउन माग गरेको बताए। यदि स्ववियु निर्वाचन विभिन्न बहाना बनाई भाग्न खोजेमा निर्वाचन बनाउन नसक्नुको लिखित कारणसहित क्याम्पस प्रमुखलगायत जिम्मेवार व्यक्तिहरूले तुरुन्त राजीनामा दिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको पन्तको भनाइ छ। निर्वाचनको कार्यतलिका सार्वजनिक भएसँगै फर्जी परिचयपत्र भेटिएकाले एकजना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्र जारी गर्न माग गर्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारीका विप्लव र अखिल संयुक्त प्यानलले तालाबन्दी गरेका थिए।

उनीहरूको माग सम्बोधन गर्ने गरी क्याम्पस प्रशासनले तयारी गरे तापनि उनीहरू वार्तामै आउन नमानेको क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय बताए। उपाध्यायले चैत ५ गतेको निर्वाचनको मिति प्रभावित भएसँगै पहिलो चरणमा चैत ९ गते निर्वाचन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी थालेको बताए। ‘चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुँदै छ, सकभर त्यसभन्दा अगाडि नै हामी निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्छौँ,’ उपाध्यायले भने, ‘परीक्षाको बीचमा कुन समय खाली हुन्छ त्यही समयमा नै निर्वाचनको मिति तय गर्छौँ, चैत १८ गतेसम्म निर्वाचन गराएरै छाड्छौँ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments