Incident Reports

घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी l

2014-10-19

Karnali, Jumla, Kanakasundari

Mandatta Rawal विराट गाविस-७ की २४ वर्षीया तारा आचार्य हमालले २६ वर्षीय पति डबलबहादुर हमालले आफूविरुद्ध घरेलु हिंसा गरेको भन्दै कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् । आरोपितले खानलाउन नदिई दैनिक कुटपिट र गालीगलौज गरेपछि माइतीघर बस्दै आएकोमा माइतीघरमै पनि आएर धम्काउने र कुटपिट गरेको पीडितले प्रहरीमा दिएको निवेदनमा उल्लेख गरेकी छन् । पीडित दुई वर्षीय छोरासहित धापा गाविस-२ जाँचगाउँ स्थित माइतीघरमा दुई वर्षेदेखि बस्दै आएकी छन् । पीडितको निवेदन आएकाले कानून वमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयकी सई सुशिला गुरुङले बताइन् । मानदत्त रावल

0 Comments

Related Reports
Related Trend Analysis