Incident Reports

वडाध्यक्ष कुटपिट घटनाका आरोपित गिरफ्तार

2023-03-31

Sudurpashchim, Baitadi, Melauli, Ward 1

मेलौली नगरपालिका–१ का वडाध्यक्ष ४० वर्षीय शरदसिंह नेगीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४२ वर्षीय जनार्दन नेगी र उहाँका २३ वर्षीय छोरा पारश नेगीलाई चैत १८ गते गिरफ्तार गरेको छ । फागुन १७ गते मेलौली नगरपालिका–१ स्थित एक पसलमा वडाध्यक्ष नेगीलाई मेलौली नगरपालिका–१ वडा कार्यालयका कार्यालय सहयोगी समेत रहेका जनार्दन नेगी र उहाँका छोराले कुटपिट गरेको जानकारी प्राप्त भएपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर योगेश खत्रीले बताउनु भयो । आरोपित विरुद्ध अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको समेत इन्स्पेक्टर खत्रीले बताउनु भयो । सामान जोख्ने ढकले हिर्काउदा वडाध्यक्ष नेगीका चार ओटा दाँत भाचिएको र उहाँको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports