Incident Reports

पार्टी अध्यक्षलाई कुटपिट गर्ने इन्सपेक्टरलाई बर्खास्ती गर्न जसपाको माग

2023-04-04

काठमाडौँ । पार्टीका सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादवलाई कुटपिट गर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक नवीन थापालाई बर्खास्त गर्न जनता समाजवादी नेपालले माग गरेको छ । जनताको काम लिएर प्रहरी कार्यालय पुगेका बेला अभद्र गाली गलौजसहित लात र मुक्काले निर्घात आक्रमण गरि सख्त घाइते बनाउनुका साथै हथकडी लगाई थुन्ने प्रयास गरेको जसपाले जनाएको छ । मंगलबार जसपाका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै सप्तरीका प्रहरी निरीक्षक थापाद्वारा गरिएको निर्घात कुटपिट, आक्रमण र अकारण थुन्ने प्रयासको निन्दा र भर्त्सना गर्दै दोषी प्रहरीलाई बर्खास्त गर्न माग गरेका छन् ।

प्रहरी कार्यालयमा स्थानीय स्तरमा घटेको घटनाबारे बुझ्न जाँदा प्रहरी निरीक्षक थापाले यादवलाई मरणासन्न हुने गरी कुटपिट गरेको जसपा मधेस प्रदेशका मुख्य सचिव दिनेश कुमार यादवले बताएका छन् । आँखानिर र टाउकोमा गम्भीर चोट लागेका नेता यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको महासचिव यादवले बताएका छन् । कुटपिटको विरोधमा जसपाका नेता, कार्यकर्ताहरु सप्तरीको सदरमुकाम राजविराजमा प्रहरीको विरोधमा उत्रिएका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा जाँदा छलफलको क्रममा प्रहरी निरीक्षक थापासँग विवाद भएपछि अध्यक्ष यादवउपर हातपात भएको स्वीकार गरेका छन् । अध्यक्ष यादवले छलफलको क्रममा प्रहरी निरीक्षक थापालाई अपशब्द प्रयोग गरेपछि उनले हातपात गरेको डिएसपी सिंहको भनाई छ । यसअघि पनि जिल्ला प्रहरी कार्यालय सप्तरीका एकजना प्रहरी जवान रक्सी खाएर दिउँसै सडकमा हंगामा गरेपछि कारबाहीमा परेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Janata Samajbadi Party
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports