Incident Reports

सँगै पढेकी साथीको फेसबुक आइडी बनाएर ६० लाख ठगेको आरोपमा एकजना पक्राउ

2023-04-09

Gandaki, Parbat, Modi, Ward 2

काठमाडौँ । स्कुलमा सँगै पढेकी केटी साथीको फोटो प्रयोग गरेर सामाजिक सञ्जाल ‘फेसबुक आइडी’ बनाएर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर –२ घर भएका २६ वर्षीय विश्व शर्मा छन् ।

महिलाको फोटो प्रयोग गरेर नक्कली प्रोफाइल बनाएर उनले एकजना युवकलाई फ्रेन्ड रिक्वेस्ट पठाए । सो फोटो उनले आफूसँगै स्कुलमा पढेकी साथीको प्रयोग गरेका थिए । च्याट मार्फत प्रेममा पारेर उनले ती युवकसँग ६० लाख रकम लिएको अनुसन्धानबाट थाहा भएको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले रातोपाटीलाई बताए ।

लगातार पैसा लिएर भेट्न आनाकानी गरेपछि ती युवकले पैसा माग्न थालेपछि आरोपी सम्पर्क विहीन भएका थिए । प्रहरीको अनुसन्धानबाट उनले आफ्नै सहपाठी केटी साथीको तस्बिर प्रयोग गरेर फेसबुक प्रोफाइल बनाएको थाहा भएको छ । शर्मालाई चैत २३ पक्राउ गरेर अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी रायले जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports