Incident Reports

मोरङमा लघुवित्तका कर्मचारीले हातपात गरेको आरोप

2023-04-05

Province 1, Morang, Budhiganga, Ward 3

२२ चैत, विराटनगर। फरवार्ड लघुवित्त वित्तीय संस्थाकी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीमाथि हातपात गरेको आरोपमा मंगलबार बेलुका नियन्त्रणमा लिएर छाडेको हो ।

बुढीगंगा गाउँपालिका-२ स्थित गंगा चोकमा मंगलबार फर्वाड लघुबित्तकी कर्मचारी अनिता थनदारले लघुवित्तकी सेवाग्राही ३५ वर्षीय गौरा खवासलाई हातपात गरेको आरोप छ ।मंगलबार बेलुका हातपात गरेको भन्दै भेला भएका स्थानीयले होहल्ला गरेपछि इलाका प्रहरी कार्यालय नेमुवाबाट पुगेको प्रहरी टोलीले थान्दारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले विवाद गर्ने दुवैलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुधबार (आज) आउने गरी छाडिएको बताए । सेवाग्राही र कर्मचारीको विवादका विषयमा दुवै पक्षलाई बोलाएर अनुसन्धान भइरहेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Private company
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis