Incident Reports

प्रहरी परिसरमा युवराज सफललाई दुर्व्यवहार

2023-04-16

Bagmati, Kathmandu, Kathmandu

जिल्ला प्रहरी परिसर काठमाडौँको परिसरमा सिन्धुलीका युवराज पौडेल ‘सफल’लाई एउटा समूहले दुर्व्यवहार गरेको छ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले उनलाई दुर्व्यवहार गरेका हुन् ।

युवराजले लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आइतबार सफलले आफूलाई गाली गरेको भन्दै एक युवती प्रहरीकहाँ गएकी थिइन् । उनको आरोप थियो– ‘अन्तर्वार्ता लिन बोलाउँदा सफलले मलाई गाली गरे ।’ युट्युब च्यानल सञ्चालन गर्ने ती युवतीलाई प्रहरीले गाली बेइज्जती मुद्दा प्रहरीमा दर्ता नहुने भन्दै अदालत जान आग्रह गरेको थियो ।

त्यहिबेला सफल पठाओ चढेर टेकु परिसरमा पुगे । प्रहरी कार्यालयमा पुग्नासाथ रविका समर्थकले उनलाई दुर्व्यवहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

‘सफल एसएसपी दानबहादुर सरलाई भेट्छु भन्दै थिए’ जिल्ला प्रहरी परिसरका एक जना अधिकृतले भने–‘त्यसबेला सबैले घेरेर उनलाई दुर्व्यवहार गरेका हुन् ।’ प्रहरी अधिकृतहरूले आक्रमण प्रयास भएपछि सफललाई त्यहाँबाट पठाएका थिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Rastriya Swatantra Party
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments