Incident Reports

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार प्रसारमा हिडेको गाडी तोडफोड

2023-04-20

Gandaki, Tanahun, Byas, Ward 3

तनहुँ क्षेत्र नम्बर– १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको प्रचार प्रसारमा हिडेको गाडीमाथि तोडफोड भएको छ । व्यास नगरपालिका–३ मालपोत लाईन स्थित सन्तोष होटल अगाडि पार्किङमा राखेको बा. ११ च ४२५० नम्बरको कार वैशाख ७ गते राती अपरिचित समूहले तोडफोड गरेको उम्मेदवार वाग्लेका वुवा जिवन वाग्लेले बताउनु भयो ।

इँटाले हानेर कारको बायाँ भागको सिसा फुटाइएको छ । दिनभर प्रचार अभियानबाट आएर वाग्ले राती उक्त होटलमा बास बस्नु भएको थियो । बिहान उठेर हेर्दा गाडीको सिसा फुटाएको अवस्थामा भेटिएको वाग्लेले बताउनु भयो ।अन्य समयमा उक्त गाडि उम्मेदवारका वुवाले प्रयोग गर्ने भएपनि चुनावको बेलामा भने प्रचार प्रसारको लागि प्रयोग गरिएकाे थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले उक्त गाडीको सिसा कसले र किन फुटाएको भन्ने बारेमा अनुसन्धान सुरू गरिएको बताउनु भयो । उहाँले घटनास्थल वरपरका पोलहरूमा राखिएको सिसि क्यामेराको फुटेज अध्ययन गरेपछि केही खुल्ने बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Rastriya Swatantra Party
Actor 2 - Youth na
INSEC

0 Comments