Incident Reports

चितवनको कृष्णपुर माविको मतदान पनि रोकियो

2023-04-23

Bagmati, Chitawan, Bharatpur, Ward 7

काठमाडौँ — चितवन क्षेत्र नं २ को भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर मावि केन्द्रमा पनि मतदान रोकिएको छ । यसअघि वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा एक घण्टादेखि नै मतदान रोकिएको छ ।

आधा घण्टाअघि रास्वपाका उम्मेदवार रवि लामिछाने भीड जम्मा गरेर मतदान केन्द्रमा गएपछि अन्य दलका कार्यकर्ताले विरोध गर्दा कृष्णपुरको मतदान प्रक्रिया पनि अवरुद्ध भएको हो ।

यससँगै चितवन क्षेत्र नं २ का दुई मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments