Incident Reports

वडाध्यक्षद्वारा उपसचिवमाथि मुक्का प्रहार

2023-04-26

Karnali, Surkhet, Birendranagar, Ward 1

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले कानुनलाई हातमा लिएर मुक्का प्रहार गरेका छन् । उनले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् । अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडिओमा कार्की केही बोलिरहेको देखिन्छ । तर, वडाध्यक्ष विष्टले भने एक्कासी उनीमाथि मुक्का प्रहार गरेका छन् । कानुनी राज्यमा वडाध्यक्षले नै यसरी मुक्का प्रहार गरेको भन्दै उनको आलोचना समेत भएको छ । केही समयअघि उपसचि कार्कीले सोही ठाउँमा वडाध्यक्षलाई धकलेको भिडिओ पनि आएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports