Incident Reports

महोत्तरीमा ससुराली गएका ज्वाइँको हत्या प्रयास

2023-04-27

Madhes, Mahottari, Sonama, Ward 1

१४ वैशाख, जनकपुरधाम । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ ।महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो । घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा नाता पर्ने घनश्याम ठाकुरलगायतले टाउकोमा ठोस् बस्तु प्रहार गर्नुका साथै घाँटी च्यापेर हत्या प्रयास गरेको सन्तोषका परिवारजनले जनाएको छ ।

मरासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पल फुटेर रक्ताम्य तथा घाँटी कसेर बेहोस् भएको अवस्थामा उद्धार गरेर अस्पताल भर्ना गराएको सन्तोषकी दिदी रुवी झाले बताइन् । सन्तोषलाई प्रादेशिक अस्पताल र त्यसपछि जनकपुरकै न्यूरो हस्पिटलमा उपचार गरिएको थियो । १५ दिन उपचार पश्चात सन्तोष डिस्चार्ज भएका छन् ।तर, उनको दुवै हातखुट्टा चल्दैनन् ।

घटनापछि फरार रहेका ससुरा हिरण र सासु नगिनालाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको थियो । सासू ससुरामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । घटनामा संलग्न सालो धर्र्मेन्द्र र ससुरा पर्ने घनश्याम भने अझै फरार रहेका छन् । दुवै जनाको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सन्तोषका परिवारजनले चार जनामाथि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएका छन् । घरायसी विवादमा ज्यान लिने प्रयास घटना भएको बताइएको छ । उनले घटनामा आफ्नी श्रीमती सरिता ठाकुरको समेत संलग्नता रहेको बताउँदै सन्तोषले  घटनामा संलग्न रहेकहरुमाथि कारबाहीको माग गरेका छन् । उनका साढे दुई वर्षका छोरा छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports