Incident Reports

पतिद्वारा जलाइएकी हेमकुमारीको उपचारको क्रममा मृत्यु l

2014-10-22

Bagmati, Kathmandu, Kathmandu

Bibek Dhungana काठमाडौँ । ०७१ कात्तिक ५ गते पतिबाट जलाइएकी बाँके खासकारकाँदो गाविस-२ भुजईगाउँकी २५ वर्षीया हेमकुमारी धोबीको कात्तिक ४ गते उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । पति २६ वर्षीय गयाप्रसाद धोवीले असोज २६ गते हेमकुमारीलाई मट्टतिेल खन्याई आगो लगाएर हत्या प्रयास गरेका थिए । आगोमा जलेकी हेमकुमारीको ८० प्रतिशत शरीरको भाग जलेको थियो । जिल्लामा उपचार सम्भव नभएपछि हेमकुमारीलाई थप उपचारका लागि महिला तथा बालबालिका कार्यालय, इन्सेक, माइती नेपाल लगायत संस्थाहरुको समन्वयमा थप उपचारका लागि असोज २७ गते काठमाडौँ ल्याइएको थियो । हाल मृतक हेमकुमारीको त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम भइरहेको वीर अस्पतालमा कार्यरत सुरक्षाकर्मी वीरेन्द्र खनालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेका एसएसपि शेखर कोइरालाले घटनामा संलग्न आरोपित गयाप्रसादलाई असोज २७ गते गिरफ्तार गरी आरोपित उपर अनुसन्धान भइरहेको इन्सेक बाँके जिल्ला प्रतिनिधिलाई जानकारी गराएका छन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis