Incident Reports

कञ्चनपुरमा छोराले गरे बुवाको हत्या

2023-04-01

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 1

कञ्चनपुरमा छोराले बुवाको हत्या गरेका छन् । पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश खड्काले ७१ वर्षीय बुवा धन बहादुरको हत्या गरेको प्रहरीले जनाएको छ । ‘राति करीब २ बजेको समयमा खड्काले कुुटपिट गरेर बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले भने । उनका अनुसार घरायसी विवादका क्रममा खड्काले बुवामाथि मुक्का र चिर्पट प्रहार गरेका थिए ।

प्रहरी निरीक्षक मल्लका अनुसार खड्कालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । ‘विगतदेखि बुवा र छोराको बीचमा झगडा हुने रहेछ । सोमबार राति पनि दुवै जनाबीच विवाद भएपछि छोराले मुक्का र बाँसको चिर्पटले प्रहार गरेको देखिन्छ,’ मल्लले भने, ‘घटनाबारे बिहानमात्र थाहा भएपछि स्थानीयले हामीलाई खबर गरेका थिए । अहिले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ बुवा र छोराको झगडा भएको थाहा पाएपछि राति छिमेकीले सम्झाइबुझाइ समेत गरेका थिए तर छिमेकीहरु आ–आफ्नो घर लागेपछि उनीहरुबीच फेरि झगडा भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments