Incident Reports

कुटपिट घटनाका आराेपित शिक्षक विरूद्ध उजुरी

2023-04-30

Gandaki, Baglung, Baglung, Ward 5

विद्यार्थीले पानी पिउँदा धारामा लगाएको सकेट हराएको भन्दै कुटपिट गर्ने शिक्षक विरूद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी परेको छ । बागलुङ नगरपालिका–७ स्थित एक विद्यालयको कक्षा ३ मा अध्ययन गर्दै आएका ८ वर्षीय बालकलाई वैशाख १७ गते कुटपिट गरेको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका– ७ छरिखोला निवासी ४० वर्षीय केशवराज गौतम विरूद्ध वैशाख १९ गते साँझ प्रहरीमा उजुरी दिएका हुन् ।

वैशाख १६ गते शनिवार विद्यालयको धारामा पानी पिउँदा शिक्षक गौतमको घरतर्फ लैजाने पानीको पाइमा लगाउँदै आएको सकेट हराएको भन्दै आइतबार कक्षाकोठामै बालकलाई कुट्दा टाउँकोमा चोट लागेको पीडित पक्षको आरोप छ । यस विषयमा वैशाख १९ गते दिउँसो बागलुङ नगरपालिकाको नगर शिक्षा शाखामा शिक्षक र पीडित पक्षबिच छलफल भएको थियो ।

शिक्षकले गल्ती स्विकार गर्दै पीडित पक्षसँग माफी मागेको, क्षतीपूर्तीसँगै सम्पूर्ण उपचार खर्च व्यहोर्ने र विधालयले गौतमलाई सो विद्यालयबाट अन्यत्र सरुवा गर्ने गरि छलफल भएपनि पीडित पक्षले अस्विकार गर्दै प्रहरीमा जाने निर्णय गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । पीडित पक्षको उजुरी पछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिनको लागि प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताउनुभयो । बालकको स्वास्थ्य परीक्षण वैशाख १८ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments