Incident Reports

अपहरणको दुई दिनपछि बालकको सकुशल उद्दार

2023-05-05

२२ वैशाख, विराटनगर । सुनसरीको दुहबीबाट अपहरणमा परेका बालकलाई प्रहरीले दुई दिनपछि भारतबाट सकुशल उद्दार गरेको छ । गाईं फर्म सञ्चालन गर्ने कृषक बिन्देश्वर यादवको छोरालाई अपहरणको दुई दिनपछि भारतबाट उद्दार गरेको  हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार आइतबार बेलुका करिब ६ बजे सुनसरी भोक्राहानरसिंह गाउँपालिका-७ घर भई दुहबी नगरपालिका-११ बुगडरी बस्दै आएका यादवको ११ वर्षीय छोराको अपहरण भएको थियो । बेलुका फर्मबाट यादव निस्किएको बेला बिआर०९आर०७९६ नम्बरको स्करपिओ उनको फर्ममा पुग्यो । सोही स्करपिआमा पुगेको पाँच जनाको समूहले बालकलाई लिएर गयो ।

विन्देश्वरको फर्ममा आउजाउ गरिरहने एक व्यक्तीले बालकलाई नास्ता खुवाउने भन्दै गाडीमा हालेर लगेको डिएसपी राईले बताए । बिन्देश्वर फर्ममा आइपुग्दा छोरा थिएनन् । बाहिर कतै गएको होला भन्दै चिन्ता गरेनन् । अबेरसम्म नआएपछि आफन्त र साथीभाईकोमा खोजी गरे ।  कतै छोरो पुगेको जवाफ पाएनन् । भोलिपल्ट विहानैदेखि उनी छोराको खोजीमा थिए । सोमबार विहान साढे ९ बजे ह्वाटसएपमा फोन आयो,‘तिम्रो छोरा हामीसँग छ, २५ लाख(भारु) रुपैयाँ लिएर आऊ।’ फिरौती नदिए र बाहिर हल्ला गरे बालकलाई मारिदिने धम्की दिए । छोरो अपहरणमा परेको थाहा पाएपछि बिन्देश्वरले प्रहरीलाई खबर गरे । प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबी र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली खटियो । टोलीले अपहरणमा परेको निष्कर्ष निकालेपछि प्रदेश प्रहरीको र्‍यापिड इन्भेष्टिगेटिभ टिम ‘रिट’ को टोली पनि खटियो ।

प्राविधिक अनुसन्धान गर्दा अपरहणकारीको लोकेशन भारतको सीमावर्ती जिल्ला समस्तिपुरको एकडेरा एरीयामा देखियो । बालकको बुबालाई फोन गरेर अपहरणकारीले फिरौती रकम ल्याउनु भनेको क्षेत्र पनि त्यहीँ थियो । सुनसरीबाट सोमबार नै प्रहरी टोली सो क्षेत्रमा पुग्यो । भारतीय प्रहरीको सहयोगमा मंगलबार विहान साढे ६ बजे अपहरणकारीको घरबाटै बालकलाई प्रहरीले उद्दार गर्यो । प्रहरी आएको देखेपछि अपहरणकारी बालकलाई छाडेर भागेका थिए । बालकलाई अपरहरणकारीकै घरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए । विहान साढे ६ बजे उद्दार गरी बालकलाई सोही दिन दिउँसो इनरुवा ल्याएर परिवारको जिम्मा लगाइएको थियो । उनका अनुसार अपहरणकारी मध्ये एक जनाको  पुरानो चिनजान बिन्देश्वरसँग थियो । उनी पटक  पटक उनको गाई फर्ममा पनि पुगेका थिए । योजनावद्ध रुपमा आइतबार बालकको अपहरण गरेको देखिएको प्रहरी बताउँछ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments