2023-05-10
धारिलो हतियार प्रहारबाट धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको ज्यान गएको छ । होटलमा सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक एसपी गौतम मिश्रले जानकारी दिए । ‘बुधबार ११ बजेतिरको घटना हो । ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबीच सामान्य भनाभन भएपछि घटना भएको हो । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गयो’, मिश्रले भने ।
उनका अनुसार प्रहरीले घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्रेको छ । यस्तै होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको एसपी मिश्रले बताए । थापाको हत्या भएको भन्दै स्थानीय बासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशूली सडक खण्ड अवरुद्ध गरेका छन् । उनीहरुले होटल सञ्चालकको गाडी पनि जलाएका छन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | None |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance