Incident Reports

विद्यालय व्यवस्थापन समिति अध्यक्षद्वारा दुई शिक्षकमाथि कुटपिट

2023-05-15

Lumbini, Dang, Tulsipur, Ward 4

दाङमा एक विद्यालय व्यवस्थापन समिति अध्यक्षले दुई शिक्षकमाथि कुटपिट गरेका छन्। तुलसीपुर उपमहानगरपालिका– ४ रक्षाचौरस्थित गुरु जजुर माविका अध्यक्ष लोकमणि पोख्रेलले कक्षाकोठामै छिरेर दुई शिक्षकमाथि कुटपिट गरेका हुन्। पोख्रेलले विद्यालयका पूर्वप्रधानाध्यापक प्रमोद आचार्य र पूर्वसहायक प्रधानाध्यापक झग्गु केसीमाथि हातपात गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए। उनका अनुसार दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफलसमेत गरिएको छ।

सोमबार दिउँसो १२ बजेतिर अध्यक्ष पोख्रेलले एक्कासि शिक्षकहरूमाथि कुटपिट गरेको प्रहरीले बताएको छ। ‘क्यालेन्डर’ छपाइका विषयमा विवाद हुँदा हातपातको स्थिति सिर्जना भएको हो। नाम राख्ने क्रममा वरीयतामाथि तलमाथि भएको भन्दै शिक्षक आचार्य र केसीले आइतबार क्यालेन्डर च्यातेका थिए। त्यही विषयलाई लिएर अध्यक्ष पोख्रेलले हातपात गरेको प्रहरीले बताएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports