Incident Reports

विराटनगरको ट्राफिक चोकमा युवकमाथि छुरा प्रहार

2023-05-18

Province 1, Morang, Biratnagar, Ward 13

४ जेठ, विराटनगर ।  विराटनगरको ट्राफिक चोकमा बिहीबार दिउँसो  एक युवकमाथि छुरा प्रहार भएको छ । विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि छुरा प्रहार भएको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । डीएसपी दाहालका अनुसार ग्लोबल आइएमई बैंकबाट पैसा निकालेर  बाहिर निस्कने क्रममा उनीमाथि छुरा प्रहार भएको हो ।  छुरा प्रहार गरेको आरोपमा प्रहरीले  विराटनगर-१२ का दिपेन्द्र कामतलाई पक्राउ गरेको छ । कामतले सामान्य विवादमा राहुलमाथि छुरा प्रहार गरेका थिए । उनका अनुसार कामत र रायबीच बैंक भित्र विवाद भएको थियो । विवाद गरेपछि बैंकका सुरक्षा गार्डले कामतलाई  बैंकबाट  बाहिर निकालेका थिए । राय बैंकको  काम सकेर फर्किने क्रममा छुरा प्रहार भएको डीएसपी दाहालले बताए । छुरा प्रहारबाट रायको हातमा चोट लागेको छ। उनको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports