Incident Reports

आमाबाबुमाथि बन्चरो प्रहार, छाेरा फरार

2023-04-25

Sudurpashchim, Bajhang, Jaya Prithivi, Ward 11

बझाङको जयपृथ्वी नगरपालिका– ११ मा एक छोराले आमाबाबुमाथि बन्चरो प्रहार गरेका छन् । बन्चरो प्रहारबाट दुवै घाइते भएका छन् । बाबुकाे अवस्था गम्भीर छ ।

जयपृथ्वी नगरपालिका– ११ दैकुमलामा १६ वर्षीय अमृत रोकायाले आमाबाबुमाथि बन्चरो प्रहार गरेका हुन् । आज बिहानै घटनापछि उनी फरार भएका छन् ।

मंगलबार बिहान करिब तीन बजेतिर सुतिरहेका बाबुमाथि बन्चरो प्रहार भएको पाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पटक–पटक झैझगडामा परेका छोरालाई सम्झाएर सुतेका बाबुमाथि सुतेकै अवस्थामा आक्रमण भएको हो ।

आमाले थाहा पाएपछि बन्चरो खोस्न लाग्दा अमृतले आमामाथि पनि प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।

घाइते बाबुको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि कैलालीस्थित धनगढी रिफर गरिएको छ । आमाको पिठ्युँमा तीन टाँका लगाइएको जिल्ला अस्पताल बझाङले जनाएको छ । बन्चरो प्रहारपछि फरार भएका अमृतको प्रहरीले खोजी गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments