Incident Reports

१४ दिनको छोराको हत्या गर्ने पक्राउ

2023-05-28

Madhes, Bara, Devtal

बारामा १४ दिन पुगेको छोराको हत्या गरी फरार अभियुक्त बिहीबार काठमाडौंंको चन्द्रागिरिबाट पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारी जेठ १४ गते बेलुकी नवजात छोराको हत्या गरी फरार रहेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो। अन्सारीलाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments