Incident Reports

गर्लफ्रेन्डलाई फोन गरेको निहुँमा ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार

2023-06-05

Bagmati, Lalitpur, Mahankal, Ward 3

ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए।

महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट तीन वटा मोटरसाइकल समेत बरामद भएको छ।

प्रहरीका अनुसार घटना सोमबार राति १० बजेतिरको हो।

महाँकाल गाउँपालिका-३ जप्कामा बस्ने तीन जना कामदारहरूमाथि ९ जनाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको आरोप छ। उनीहरू सडक निर्माणको काम भइरहेकाले गोटिखेलमा पाल टाँगेर बसिरहेका थिए।

बर्दिया मधुवन नगरपालिका-२ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामा घाइते भएका थिए। घाइते भएपछि प्रहरीले त्यही बेला उनीहरूलाई लेलेस्थित आनन्दवन अस्पताल लगिएको थियो। त्यहाँबाट पाटन अस्पताल लगेर त्यहाँबाट पनि रिफर भएपछि त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको थियो।

अहिले उनीहरू खतरामुक्त भएको प्रहरीले जनाएको छ।

त्यसयता प्रहरीले घटनामा संलग्न रहेकाहरूको खोजी गरी ९ जनालाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार युवतीको विषयलाई लिएर उनीहरूबीच झडप भएको हो।

खुकुरी प्रहार गर्ने समूहका एक युवककी गर्लफ्रेन्डको नम्बर एक घाइते पुरूषले पाएका थिए।

‘कामदारले कतैबाट नम्बर पाएर फोन गरेका रहेछन्। तर फोन गर्दा केटाले उठायो,’ स्रोतले भन्यो, ‘केटीलाई फोन दिनू भनेपछि गर्लफ्रेन्डलाई फोन गरिस् भनेर विवाद भयो त्यसपछि केटाहरूले गएर हिर्काए। पाल टाँगेर बसिरहेका थिए त्यहीँ हिर्काए।’

प्रहरीले ज्‍यान मार्ने उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर म्याद थप गरी अनुसन्धान गर्न अनुमति पाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 3
National/Online Media

0 Comments

Related Reports