Incident Reports

महिलाको अन्तरंग फोटो तथा भिडियो भाउजुको मेसेन्जरमा पुगेपछि

2023-06-11

Gandaki, Syangja, Putalibazar

काठमाडौँ । महिलाको अन्तरंग फोटो तथा भिडियो आफन्तलाई पठाइदिएर चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ खुर्सानीडाँडा घर भई हाल पुतलीबजार बस्ने ४२ वर्षीय ज्ञानु थापा रहेकी छन् ।

सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट मित्रताका लागि आएका अनुरोध स्वीकार पछि कुराकानी हुने क्रममा पीडित महिलाको एक पुरुषसँग प्रेम सम्बन्ध बसेको थियो । म्यासेन्जरमा कुराकानी हुने क्रममा उनीहरुबीच अन्तरंग फोटो तथा भिडियो समेत साटासाट भएका थिए । यसै क्रममा पुरुष विवाहित रहेको थाहा पाएपछि दुईबीचको सम्वाद टुटिसकेको थियो ।

तर, पछि थापाले अनधिकृत पहुँच बनाई पीडितको भाउजूको म्यासेन्जरमा सो अन्तरंग फोटो तथा भिडियो पठाएर दुःख हैरानी दिएको उजुरी साइबर ब्युरोमा परेको थियो ।

अनुसन्धानका क्रममा थापाको संलग्नता खुलेपछि उनलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

स्याङ्जाबाट पक्राउ गरी उनीमाथि सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोका उपनिर्देशक पशुपति कुमार रायले जानकारी दिए ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports